खुसी जति सबै तिम्रो चोट मात्रै मेरो
हाँस्दा तिम्रै खुसी हाँस्छु ओठ मात्रै मेरो
हाँस्दा तिम्रै खुसी हाँस्छु ओठ मात्रै मेरो
दुध तिम्रो,दही तिम्रो,मही,घिऊ तिम्रो
गाई-भैंसी सबै तिम्रा गोठ मात्रै मेरो
गाई-भैंसी सबै तिम्रा गोठ मात्रै मेरो
हाँगा तिम्रा,पात तिम्रा ज़रा काण्ड तिम्रा
हरियाली पनि तिम्रो बोट मात्रै मेरो
हरियाली पनि तिम्रो बोट मात्रै मेरो
फूल तिम्रो,गला तिम्रो, माला पनि तिम्रो
राम्रो जति सबै तिम्रो खोट मात्रै मेरो
राम्रो जति सबै तिम्रो खोट मात्रै मेरो
तिमीले नै पुग्नु माथि राज गर्नु तिमीले
जित्ने सँधै तिमी नै हौ भोट मात्रै मेरो
जित्ने सँधै तिमी नै हौ भोट मात्रै मेरो
No comments:
Post a Comment