गोरूहरूलाई गोठमा बाँधिन्छ
एकदिन पुजिन्छ
र बर्षभरी जोतिन्छ
साँढेहरूलाई स्वतन्त्र छोडिन्छ
सँधै पुजिन्छ
र सँधै ढोगिन्छ ।
एकदिन पुजिन्छ
र बर्षभरी जोतिन्छ
साँढेहरूलाई स्वतन्त्र छोडिन्छ
सँधै पुजिन्छ
र सँधै ढोगिन्छ ।
शायद यहि हुनसक्छ कारण
साँढे सँधै साँढे भएको
र भत्काऊँदै हिंडेको नियमका तगराहरू
यही नै हुन सक्छ कारण
जस्तै भोकलाग्दा पनि गोरूले
दाम्लो नचुडाएको
र उग्राएर बसेको आफ्नो भोको पेट ।
साँढे सँधै साँढे भएको
र भत्काऊँदै हिंडेको नियमका तगराहरू
यही नै हुन सक्छ कारण
जस्तै भोकलाग्दा पनि गोरूले
दाम्लो नचुडाएको
र उग्राएर बसेको आफ्नो भोको पेट ।
विलकूल यही नै हुनसक्छ कारण
'गोरू' - गाली भएको
र 'साँढे' शान भएको ।
'गोरू' - गाली भएको
र 'साँढे' शान भएको ।
असैह्य त त्यतिखेर हुन्छ
जब बर्षौ बर्ष
दिन-दिनभर जोतिएका
थकित थकित दाम्लाका गोरूहरूलाई
हान्छ साँढे
कलिला बाछीहरू माथि उक्लन्छ
र ठहरै पार्छ दुधे बहरहरू ।
जब बर्षौ बर्ष
दिन-दिनभर जोतिएका
थकित थकित दाम्लाका गोरूहरूलाई
हान्छ साँढे
कलिला बाछीहरू माथि उक्लन्छ
र ठहरै पार्छ दुधे बहरहरू ।
यो मुलुकमा,
निर्धोले न्याए पाउँछ भने
किन भाँचिएको ढाड लिएर हुर्कन्छन्न् बाछाबाछीहरू ?
किन कुनै न्यायलयमा भेटिंदैन
साँढेहरूको विरूद्द उजुरी ?
निर्धोले न्याए पाउँछ भने
किन भाँचिएको ढाड लिएर हुर्कन्छन्न् बाछाबाछीहरू ?
किन कुनै न्यायलयमा भेटिंदैन
साँढेहरूको विरूद्द उजुरी ?
यहाँ,
परिश्रमको मूल्य हुन्छ भने
साँढेहरू नै किन बढी शानसँग हिंड्छन् बजारमा ?
र किन दुब्लो करंग देखाएर
सडक छेऊमा छेर्दै हिंड्छन् गोरूहरू ?
परिश्रमको मूल्य हुन्छ भने
साँढेहरू नै किन बढी शानसँग हिंड्छन् बजारमा ?
र किन दुब्लो करंग देखाएर
सडक छेऊमा छेर्दै हिंड्छन् गोरूहरू ?
No comments:
Post a Comment