Monday, January 9, 2017

गीत (मान्छे)


मान्छे मान्छे बीचमै यहाँ मान्छे हराउँछ
सबैभन्दा मान्छेसँगै मान्छे डराउँछ
को होला र यो धर्तीमा मान्छे भन्दा माथि
मान्छे नै हो सत्रु यहाँ मान्छे नै हो साथी
मान्छेसँगै हिंड्छ मान्छे मन्छे सँगै बस्छ
मान्छेलाई नै माया गर्छ मान्छेलाई नै डस्छ
घाऊ हुन्छ कोही मान्छे कोही मलम हुन्छ
कोही हाँस्दा कोही फेरि आँसुझारी रून्छ
एउटालाई कुल्चि अर्को शिखर छुँदोरैछ
सबैभन्दा बुझ्न गाह्रो मान्छे हुँदोरैछ

No comments:

Post a Comment