(तिहार विशेष)
निरन्तरताको निम्ति सम्बन्ध
निरन्तर ख्याल गरिरहनु पर्छ
कहिल्यै नचुटियोस् भनेर
प्रेमको माला ।
निरन्तर ख्याल गरिरहनु पर्छ
कहिल्यै नचुटियोस् भनेर
प्रेमको माला ।
यो उन्न पनि गाह्रो छ
चुट्टियो भने केही गरी
गाँस्न झन् गाह्रो छ
खसेर छरिए भुईंमा
बटुल्न त झन् साह्रो छ ।
चुट्टियो भने केही गरी
गाँस्न झन् गाह्रो छ
खसेर छरिए भुईंमा
बटुल्न त झन् साह्रो छ ।
समर्पण रहिरहोस्
सद्भाव टिकिरहोस्
आईरहुन् अनगिन्ति उत्सबहरू जिन्दगीमा
फूलिरहुन् ढकमक्क खुसीहरू
जस्तै औशीको रातमा पनि जीवनको
संभव रहिरहोस्
संभावनाको दिपावली ।
सद्भाव टिकिरहोस्
आईरहुन् अनगिन्ति उत्सबहरू जिन्दगीमा
फूलिरहुन् ढकमक्क खुसीहरू
जस्तै औशीको रातमा पनि जीवनको
संभव रहिरहोस्
संभावनाको दिपावली ।
फूलको थुंगा जस्तो जिन्दगीको अनुहारमा
कहिले कहिं देखिए पनि आँसु
त्यो केवल हर्षको शीतको थोपा होस्
र जस्लाई अनुभूत गरेर
जीवन झन् मुस्कुराओस् ।
कहिले कहिं देखिए पनि आँसु
त्यो केवल हर्षको शीतको थोपा होस्
र जस्लाई अनुभूत गरेर
जीवन झन् मुस्कुराओस् ।
आफैमा,
एक उत्सब नै त हो जिन्दगी
निरन्तर चलिरहोस् यो सिलसिला
आइरहुन् उमंगहरू
फुलिरहुन् निरन्तर खुसीहरू
प्रेमको सग्लो माला पहिरिएर
निस्कन पाऊँ जीवनको अन्तिम ढोकाबाट ।
एक उत्सब नै त हो जिन्दगी
निरन्तर चलिरहोस् यो सिलसिला
आइरहुन् उमंगहरू
फुलिरहुन् निरन्तर खुसीहरू
प्रेमको सग्लो माला पहिरिएर
निस्कन पाऊँ जीवनको अन्तिम ढोकाबाट ।
No comments:
Post a Comment