कसैको निम्ति केही भइन कसैको निम्ति संसार भएँ
कसैले गए कुल्चेर मलाई कसैको निम्ति उपहार भएँ

विश्वास भयो, भरोसा भयो, दु:ख दिने धेरै जिन्दगीमा
अरूलाई पनि हुन्छ कि यस्तो भयो केवल मेरै जिन्दगीमा
कसैको निम्ति धेरै भार भएँ कसैको टेक्ने आधार भएँ
कसैले गए कुल्चेर मलाई कसैको निम्ति उपहार भएँ
अरूलाई पनि हुन्छ कि यस्तो भयो केवल मेरै जिन्दगीमा
कसैको निम्ति धेरै भार भएँ कसैको टेक्ने आधार भएँ
कसैले गए कुल्चेर मलाई कसैको निम्ति उपहार भएँ
म केही हैन, कोही होइन, यो त लाख चोटी भो मनमा
कतै तल खसें कतै माथि उठें हरेस खाइन जीवनमा
कहीं विकिन म एकै कौडीमा कही आफैमा बजार भएँ
कसैले गए कुल्चेर मलाई कसैको निम्ति उपहार भएँ
कतै तल खसें कतै माथि उठें हरेस खाइन जीवनमा
कहीं विकिन म एकै कौडीमा कही आफैमा बजार भएँ
कसैले गए कुल्चेर मलाई कसैको निम्ति उपहार भएँ
No comments:
Post a Comment