निरन्तर बढिरहेकोछ
सिमाना मिच्दै छिमेकी
हामीहरू भने
बारीको पाटामा झगडा गर्दैछौं
घरको कोठामा लाप्पा खेल्दैछौं
कस्को भागमा कति लोटा या थाल राख्ने
हिसाबमा बिबाद गर्दैछौं ।
-
जस्तै,
घरै जलिरेछ एकातिर
अर्कातिर
एकतमासाले रोइरहेछन् नानीहरू
खेलौना हराएकोमा !
सिमाना मिच्दै छिमेकी
हामीहरू भने
बारीको पाटामा झगडा गर्दैछौं
घरको कोठामा लाप्पा खेल्दैछौं
कस्को भागमा कति लोटा या थाल राख्ने
हिसाबमा बिबाद गर्दैछौं ।
-
जस्तै,
घरै जलिरेछ एकातिर
अर्कातिर
एकतमासाले रोइरहेछन् नानीहरू
खेलौना हराएकोमा !
जस्तै,
खोर भित्रै पस्न लागिसक्यो बाघ
कसरी निको पार्ने विरामी बाख्रो
सोचिरहेछ गोठालो !
-
धूर्त छिमेकीले
हाम्रो भातको भाँडैमा आँखा गाडेकोछ
भिन्दाभिन्दै ललिपप देखाएर
हामी हरेकलाई छुट्टाछुट्टै लोभ्याएको छ
तर हामी त वीर गोर्खाली !
भात छड्किरहेको आफ्नै चुल्होबाट
अगुल्टो झिकेर हानिरहेछौं एक अर्कालाई ।
-
भाइ, ए भाइ !
कम्तिमा खानुपूर्व
एकपटक राम्ररी सुँग
त्यो आस्वासनको ललिपपलाई
त्यसमा हाम्रो मूर्दापनको गन्ध छ
झुक्किएर पनि नचुस त्यसलाई
त्यसको प्रत्येक स्वादमा हाम्रो बर्बादी छ
हाम्रो सत्यनास छ ।
-
उसले हामी खेल्ने आँगनलाई
उस्को रछ्यान बनाउन खोज्दैछ
अनेक रंगको हाम्रो साझा फुलवारी फाँडेर
छुट्टा छुट्टै रंगमा बदल्न खोज्दैछ
भाइभाइको हाम्रो रगतलाई
उसको विजयको सिन्दुर बनाउन खोज्दैछ ।
-
भाइ,
आऊ हातेमालो गरौं
राख त्यो आवेगको अगुल्टो अगेनोमा
फ्याँक त्यो घृणाको चिर्पट भुईँमा
यी यता हेर त
एउटै ममताले भिजेकोछ तिम्रो र मेरो शरीर
एउटै स्नेहको हातले
स्पर्ष भएको छ हाम्रो हृदय ।
-
हामीले
उस्तै गाँस खाएका छौ
एउटै सास फेरेका छौ
एउटै कुवाको पानी पिएका छौ
एउटै खोलामा पौडी खेलेका छौं
एकै खेतका डिलबाट हामफालेका छौ
कान्लो उक्लेका छौं
उस्तै दु:खका डल्ला फोरेका छौं
उसरी नै बनमारा घारीमा
बर्षौ बर्ष हाम्रो भविष्य खोजेका छौ
उस्तै संघर्षका मैदानमा परेड खेलेका छौ ।
भाइ,
विर्स सबै मेरा बैगुनहरू
म पनि भुलुँला तिम्रा अबगुणहरू ।
-
बरू बारबार हामीलाई
उचाली रहने, पछारी रहने
हामीलाई भेडा जस्तो लडाइरहने
मदारीले बाँदर जस्तो नचाइरहने
सँधै हाम्रो पीडामा
मल्हम दलें जस्तो गरेर
विष हालिदिने
आँसु पुछे जस्तो गरेर
आँखा फुटाई दिने
हात मिलाए जस्तो गरेर
औंला भाँचिदिने
कहिल्यै हामीलाई हामी हुन नदिने
भाइ,
हाम्रो निम्ति हामी भन्दा ठूलो सत्रु त
हाम्रो धूर्त छिमेकी छ
जसलाई एकमाना नुनको सट्टा
एकपाथी खुन उपहार दिइरहेछौ हामी
युगौंदेखि ।
खोर भित्रै पस्न लागिसक्यो बाघ
कसरी निको पार्ने विरामी बाख्रो
सोचिरहेछ गोठालो !
-
धूर्त छिमेकीले
हाम्रो भातको भाँडैमा आँखा गाडेकोछ
भिन्दाभिन्दै ललिपप देखाएर
हामी हरेकलाई छुट्टाछुट्टै लोभ्याएको छ
तर हामी त वीर गोर्खाली !
भात छड्किरहेको आफ्नै चुल्होबाट
अगुल्टो झिकेर हानिरहेछौं एक अर्कालाई ।
-
भाइ, ए भाइ !
कम्तिमा खानुपूर्व
एकपटक राम्ररी सुँग
त्यो आस्वासनको ललिपपलाई
त्यसमा हाम्रो मूर्दापनको गन्ध छ
झुक्किएर पनि नचुस त्यसलाई
त्यसको प्रत्येक स्वादमा हाम्रो बर्बादी छ
हाम्रो सत्यनास छ ।
-
उसले हामी खेल्ने आँगनलाई
उस्को रछ्यान बनाउन खोज्दैछ
अनेक रंगको हाम्रो साझा फुलवारी फाँडेर
छुट्टा छुट्टै रंगमा बदल्न खोज्दैछ
भाइभाइको हाम्रो रगतलाई
उसको विजयको सिन्दुर बनाउन खोज्दैछ ।
-
भाइ,
आऊ हातेमालो गरौं
राख त्यो आवेगको अगुल्टो अगेनोमा
फ्याँक त्यो घृणाको चिर्पट भुईँमा
यी यता हेर त
एउटै ममताले भिजेकोछ तिम्रो र मेरो शरीर
एउटै स्नेहको हातले
स्पर्ष भएको छ हाम्रो हृदय ।
-
हामीले
उस्तै गाँस खाएका छौ
एउटै सास फेरेका छौ
एउटै कुवाको पानी पिएका छौ
एउटै खोलामा पौडी खेलेका छौं
एकै खेतका डिलबाट हामफालेका छौ
कान्लो उक्लेका छौं
उस्तै दु:खका डल्ला फोरेका छौं
उसरी नै बनमारा घारीमा
बर्षौ बर्ष हाम्रो भविष्य खोजेका छौ
उस्तै संघर्षका मैदानमा परेड खेलेका छौ ।
भाइ,
विर्स सबै मेरा बैगुनहरू
म पनि भुलुँला तिम्रा अबगुणहरू ।
-
बरू बारबार हामीलाई
उचाली रहने, पछारी रहने
हामीलाई भेडा जस्तो लडाइरहने
मदारीले बाँदर जस्तो नचाइरहने
सँधै हाम्रो पीडामा
मल्हम दलें जस्तो गरेर
विष हालिदिने
आँसु पुछे जस्तो गरेर
आँखा फुटाई दिने
हात मिलाए जस्तो गरेर
औंला भाँचिदिने
कहिल्यै हामीलाई हामी हुन नदिने
भाइ,
हाम्रो निम्ति हामी भन्दा ठूलो सत्रु त
हाम्रो धूर्त छिमेकी छ
जसलाई एकमाना नुनको सट्टा
एकपाथी खुन उपहार दिइरहेछौ हामी
युगौंदेखि ।
No comments:
Post a Comment