आफ्ना आँशुहरू त म पुछेर हिंड्न सक्छु
जस्तो सुकै पीडा पनि दुखेर हिंड्न सक्छु
कसरी सम्झाऊँ हरेक साँझ रून्छन् नानीहरू
म त रातभर रोएर नि उठेर हिंड्न सक्छु
म त रातभर रोएर नि उठेर हिंड्न सक्छु
आऊ मिलौं हामी मिलाऔ हाम्रो झगडा
तिमी नझुके पनि म झुकेर हिंड्नसक्छु
तिमी नझुके पनि म झुकेर हिंड्नसक्छु
भूल गरे पनि तिमीले भुल्न सकिन मैले
जे भन, तर नभन छुटेर हिड्न सक्छु
पुग्नु छ धेरै टाढा, टाढा पुग्नु छ जिन्दगी
टाढा पुग्नकै निम्ति म रूकेर हिड्नसक्छु
टाढा पुग्नकै निम्ति म रूकेर हिड्नसक्छु
No comments:
Post a Comment