कठीन थियो तिम्रो अनुबाद हुबहु सार्न खोजें
अदृश्य थियौ तिमी तस्बीरमा उतार्न खोजें
स्वार्थ त सबको हुँदोरहेछ, मेरो पनि भयो एउटा
सबको थियौ तिमी मात्र आफ्नै पार्न खोजें
के भन्छ यो दुनियाँ, म नै के भनूँला आफूलाई
सायद भूलें सबकुरा परम्परा बिगार्न खोजें
ममा डर थिएन, के गरूँ कसो गरूँ थिएन
किन हड्बडायौ तिमी गहिरो बिचार्न खोजें
किन बन्द गर्छौ सँधै हाम्रो जीवनको ढोका
रिसाएर हेर्यौ तिमीले मैले जब उघार्न खोजें
सपना सँधै यहाँ सपना मात्र हुन्छ किन
शिशा जस्तो यो जिन्दगी भुईंमा बजार्न खोजें !
बदलिन्छु म छिन छिनमा परिचय माग्छौ तिमी
अडिन जान्दिन एकै छिन खै कहाँ राख्छौ तिमी
सम्हाली नसक्नु छ मेरो प्रेम चुलबुले बालक झैँ
हैरानी देख्दिन कुनै दिन न कहिले थाक्छौ तिमी
अरे जे पनि खप्न सक्ने जस्तो पनि सहन सक्ने
त्यस्तो के छ तिमीमा आश्चर्य लाग्छौ तिमी
३.गजल
कहाँ पुग्छ कहाँ पुग्छ मान्छे बाँच्ने रहरमा
हराएको छैन अझै, छँदै छु म सहरमा
जता जता हिंडे पनि,जती माथि पुगे पनि
झुकेको छु निरन्तर तिम्रो प्रेमको कदरमा
ईच्छा अझै मर्या छैन, पातहरू झरिसके
फुल्दै छ कि फूल अझै, गुलावी त्यो अधरमा
यता पनि सन्चो छैन,बिसन्चो नै होला त्यता
तर पनि रूनु हुन्न परायको नजरमा
कहाँ लैजाउँ कता राखूँ, सपनाको जिन्दगी यो
रोप्नु हुन्न आशा भन्छन् निराशाको बगरमा
४.गजल
उठिसक्दा ढल्नुको पीडा छ मसँग
बल्नुभन्दा जल्नुको पीडा छ मसँग
मलाई कोशौंको शुभकामना दिनेहरू
हिड्नु अघि गल्नुको पीडा छ मसँग
हेर कति रूखो छ आफ्नै यो जिन्दगी
अरूलाई नै मल्नुको पीडा छ मसँग
कहिले फेरिनु हो म आफू आफैमा
यो युग बदल्नुको पीडा छ मसँग
५.गजल
जिन्दगी हो यस्तो हुन्छ, हार नमान्नु तिमीले
थाक्नु स्वाभाव हो यात्राको दिग्दार नमान्नु तिमीले
उक्लनु पर्छ कति कति संघर्षका पहाडहरू
अरुले जस्तो जिन्दगी यो उपहार नमान्नु तिमीले
आफै उभिन खोज्नुपर्छ, हिंडेर पुग्नुपर्छ आफैले
अरूलाई टेकेर हिड्ने आधार नमान्नु तिमीले
मैले पनि ढाँट्न सक्छु अरूको के कुरा गर्छौ र
ब्यबहार हेर्नु बोलीमा पत्यार नमान्नु तिमीले
६.गजल
नसोध्नु राजनीतिमा ईमान्दारिता कति हुन्छ
जति नै राम्रो कुरा होस् बिपक्षीसँग बिमति हुन्छ
आफूले सोचेको एजेन्डा अरूले पैले ल्यायो भने
कसरी बिगार्ने त्यसलाई भित्रभित्रै भत्भति हुन्छ
जब घाटा भो हामीलाई एकअर्काको खुट्टा तान्दा
मिलेर खाँदैछौं अचेल भागबण्डामा जे जति हुन्छ
कसरी खेल्नुपर्छ खेल यो सब हामीलाई थाह छ
जनताको के लाग्छ र आस्वासन नै ओखती हुन्छ
थोर बहुत मान्छेहरू सडकमा आएर के भो र !
तिनले बालेको आगो तिनकै निम्ति दागबत्ती हुन्छ
७.गजल
म मान्छेहरूकै भीडमा छेकिएको
मान्छे
म कहिल्यै पनि कहिं नदेखिएको
मान्छे
मर्न त क्रान्तिमा मेरा पुर्खाहरू
पनि मरे
म इतिहासमा कतै नलेखिएको मान्छे
के के बिक्रि भएन मेरो शरीर
या भावना ?
सँधै अरूकै मुल्यमा म बेचिएको
मान्छे
कहाँ पुगें त म यसरी आजसम्म
हिंडेर ?
म सोच्दा सोच्दै यात्रामा
रोकिएको मान्छे
संकेत पनि हुनसक्छ जमाना बद्लिएको
यसरी सोच्ने भएछु म हेपिएको
मान्छे !
८.गजल .
बिनासित्त कसैलाई नपिर्नु
तिमीले
नजरबाट कसैको नगिर्नु तिमीले
यसै भन्थे बाले, भन्थिन् आमाले
नपुगी लक्ष्यमा, नफिर्नु तिमीले
जे जे माग्न पाइन्छ भनि देउतासित
पाप सोची मन्दीर नछिर्नु तिमीले
बिनासित्त कसैलाई नपिर्नु
तिमीले
नजरबाट कसैको नगिर्नु तिमीले
९.गजल
फर्केंर अनुहारमा हेरें आँखा
रातो थियो
छामे ओठमा र हेरें स्वास तातो
थियो
बसिसक्नु थिएन चौतर्फि असुरक्षा
भागें धेरै पर र हेरें आफ्नै
माटो थियो
जुलुस थियो, सडकमा बन्द हड्ताल
थियो
दुखें गहिरो र हेरें रगतको
टाटो थियो
टक्क उभिएँ, अडिएँ, म एकछिन्
रोकिएँ
खोलें आँखा र हेरें अनिश्चित
बाटो थियो
कति कुरा छुट्छन्, भुलिन्छन्
कति यात्रामा !
सम्झें तिमीलाई र छामे एउटा
खाटो थियो |
१०.गजल
दु:ख सबले भुली हाल्छन् पुग्दै
गएपछि
बाचा बाचा जस्तै हुन्न फुक्दै
गएपछि
निरन्तर आफ्नो यात्रा अघि
बढ्नुपर्छ
कछुवाले पनि जित्छ रूक्दै
गएपछि
सकेसम्म स्वाभिमान बचाएको
राम्रो
जो सुकैले हेप्न सक्छ झुक्दै
गएपछि
हुँदा मात्र हेर्छन् सबले
भइरहेको जाती
सागर पनि भुलिदिन्छन् सुक्दै
गएपछि
मनै असल मनै खराब मनै सबै
भनौ भने
मन पनि त मर्छ फेरी दुख्दै
गएपछि |
११.गजल
बेला नै हो यो उनको शिर झुकाइन
के भन्नु
गल्ति आफ्नै पनि हो दिल दुखाइन
के भन्नु
सुनेको हुँ बुझ्नेलाई त इसारा
नै काफी छ
मरेकै हुन् आँखाको चाल कुरा
लुकाइन के भन्नु
लजाएकै हुन् अलिकति मुस्काएकै
पनि हुन्
तरिका यहीं नै त हो प्यार
छुपाइन के भन्नु
हुँदा सम्म उनी सामु कुराकेही
नखोलेर
छुटिसकेपछि फेरी पसिना छुटाइन
के भन्नु
अरे उनको त के कुरा रूपै काफी
छ देख्नेलाई
जहाँ गयो उहीं मालामाल मौका
चुकाइन के भन्नु
१२.गजल
नदीको भन कुन लहरमा छौ तिमी
गजलको भन कुन बहरमा छौ तिमी
म जानू कसरी, थाहा पाऊँ कसरी
गाऊँमा भन या सहरमा छौ तिमी
म थाकें भनेर नहिड़ने कति
छन्
जीवनको भन कुन प्रहरमा छौ
तिमी
अरे यो मधुमास, अरे यो रंगीन
साँझ
सायद त्यो गुलाबको अधरमा छौ
तिमी
फेरिन्छ यो मौसम, फेरिन्छ
जिन्दगी
फेरिने भन कुन रहरमा छौ तिमी
यी प्रश्न हजार म गर्दछु किन
खै
मेरा हर यी निर्दोष नजरमा
छौ तिमी
१३.गजल
बैगुनी यो दुनियाँमा गुनको
के कुरा
अँध्यारोमै रम्नेसंग जूनको
के कुरा
गाउंदेखि सहरसम्म सबै बिरानी
छ
लुटी खाने मात्र देक्छु कुनको
के कुरा
आफन्तीले पनि यहाँ लखेटेर
खेद्छ
आफ्नै शरीर आफ्नै नसा खुनको
के कुरा
मानवता रीतिथिति संस्कृति
केही छैन
सारंगीमा निदाएको धूनको के
कुरा
मेरो बस्ती भीर पाखा सुनाखरी
सून्य
पित्तल प्यारो ठान्छन् सबै
सूनको के कुरा
१४.गजल
अनायसै टक्क रोकियो जिन्दगी
छचल्किई कतै पोखियो जिन्दगी
न कतै छ खुसी न कतै छ हाँसो
जली खागखाग भो की यो जिन्दगी
खालि रिक्त छाती खालि आँसु
पीडाको
कतै सुन्य रात हो की यो जिन्दगी
संधै बांडनु मात्र रहेछ सित्तैमा
सयौ चोटी आफ्नै सोचियो जिन्दगी
न भन्न सक्छु न भन्छौ तिमीले
सुन चाँदी हो या मोटी हो जिंदगी
१५.गजल
संधै तिमी हिड्ने बाटो यता
सारुं कसरी म
आफ्नै जस्तो लाग्ने तिमी आफ्नो
पारुं कसरी म
कति चोटी भेट भयो केही भन्न
सक्या छैन
मनको इच्छा मनै भित्र यसै
मारूं कसरी म
तिमी आउंदा कति कति रहरहरु
संगै आउंछन्
तिमी जान्छौ सबै जान्छन् आँसु
झारूं कसरी म
समझनामा पनि तिम्रै याद मात्र
आइदिन्छ
तिम्रो प्रीति ममा छैन भनी
टारूं कसरी म
भनू भने आफ्नो कुरा तिमी रिसाई
जाने हौ कि
म दुखेको कस्ले बुझ्छ एक्लै
हारूँ कसरी म
१६.गजल
चाहिदिन्छु संधैभरी हित हजूरको
गाइबस्छु हर हमेसा गीत हजूरको
हाँसेको छू चुप चाप हारे पनि आफू
कामना छ उत्सबमय जीत हजूरको
आइरहन्छ याद संधै छोडि गए पनि
सम्झिहेर्छु कस्तो कस्तो प्रीत हजूरको
फेरि कतै एक पल्ट देखूँ देखूँ लाग्छ
जति पियो तर उस्तै धीत हजूरको
आँखिर जे जे भने पनि आभाव छ एकै
कि त त्यहीं पिरतीको कि त हजूरको
१७.गजल
मैले रोए मेरो पीडा गीत भन्छौ तिमी
मैले हारे तिम्रो जिद्दी जीत भन्छौ तिमी
संधै तिम्रो प्यार सम्झी जली रुंदा पनि
स्वर्थिले त आफ्नै हेर्छ हीत भन्छौ तिमी
यता रात हुंदा उता दिन खुल्छ रे तिम्रो
के हो ? भन्दा नियतीको रीत भन्छौ तिमी
आफै माया मारी जान्छौ आफै पराई बन्छौ
बुझ्नै कठिन निष्ठुरीको प्रीत भन्छौ तिमी
निषा ओढी उदाशी भै झोक्रिएर संधै
रात भर रात रुन्छ शीत भन्छौ तिमी
१८.गजल
कैलेकहीं त अफना कुरा बताउन गौरी
मलाई पनि एक दुई चोटी सताउन गौरी
संधैभरी हिस्सी मुहार लगाएर हेर्छौ
रिसाउंदा कस्ति हुन्छौ रिसाउन गौरी
निहूँ खोग्नु , घुर्क्याउनु , नाबोल्दिनु बरु
सहिरहने तिम्रो बानी घटाउन गौरी
भए भरको सबै दिनु भन्छौ एकै चोटी
अली अली गर्दै माया खटाउन गौरी
तिम्ले पनि बोले हुन्छ भने हुन्छ तिम्ले
खपिरहने तिम्रो बानी हटाउन गौरी
१९.गजल
डुब्नै लागेथ्यो घाम तिमी झुल्किदियौ
खसी सकेथे कान तिमी झुल्किदियौ
यो एक्लो जिन्दगी यो उदास जिन्दगी
सोच्थें बाँच्नु के काम तिमी झुल्किदियौ
संधै म निन्याउरो बेहोसी मै थिएँ
बढी गयो नि शान तिमी झुल्किदियौ
म के थिएँ तिमी मेरो एउटा थियौ
म हुनुको पाहिचान तिमी झुल्किदियौ
२०.गजल
आज तिमी अलि कमै लजाएको देखें
कोरीबाटी केश बढ़तै सजाएको देखें
संधै पनि बोल्दिनथ्यौ तर आज भने
इशारामै कतिकुरा बताएको देखें
घरी आयौ स्पर्श्मा घरी टाढा भाग्यौ
के के हुन्छ तिमी भित्र छ्टाएको देखें
छुट्ने बेला अगिअगि हाँसी हाँसी छुट्थ्यौ
के पीर पर्यो कुन्नी आँशु खासाएको देखें
कैले कहीं मैले रुंदा गाली गर्ने मान्छे
आज आफै रोई मलाई सताएको देखें