सबैले राम्रो भने
र टिपे मलाई
खुसी नै भएथें मन पराए भनेर
भरोषा ठानेर मान्छेहरूमा
चुपचाप हल्लाएथें टाउको
र स्वीकारेथें मान्छेको बजारलाई ।
र टिपे मलाई
खुसी नै भएथें मन पराए भनेर
भरोषा ठानेर मान्छेहरूमा
चुपचाप हल्लाएथें टाउको
र स्वीकारेथें मान्छेको बजारलाई ।
अहिले
एकपछि अर्को गरेर मान्छेहरू
छाम्न खोजिरहेछन् मेरो सौन्दर्यको रहस्य
थुत्न खोजिरहेछन्
आकर्षणका पत्ताहरू
मलाई विरूप बनाएर
मेरो रूपको तस्वीर लिइरहेछन् ।
एकपछि अर्को गरेर मान्छेहरू
छाम्न खोजिरहेछन् मेरो सौन्दर्यको रहस्य
थुत्न खोजिरहेछन्
आकर्षणका पत्ताहरू
मलाई विरूप बनाएर
मेरो रूपको तस्वीर लिइरहेछन् ।
म के हुँ ?
म को हुँ ?
कहाँ कहाँ लगेर मैले
कसरी बेच्नु पर्ने हो आफूलाई
र स्थापित गर्नु पर्ने हो जीवनको मूल्य ?
म को हुँ ?
कहाँ कहाँ लगेर मैले
कसरी बेच्नु पर्ने हो आफूलाई
र स्थापित गर्नु पर्ने हो जीवनको मूल्य ?
एक मन त लाग्छ -
म फूल हूँ पनि, होइन पनि
म जीवन छु पनि, छैन पनि
यो बजारमा
सौन्दर्य बेचेर आफ्नो
आफू कुरूप बाँच्नुको पीडा
फूलहरूलाई थाहा छ छैन कुन्नि ?
तर यो प्रश्न
फूल जस्ता मान्छेहरूलाई नसोध्नु ।
म फूल हूँ पनि, होइन पनि
म जीवन छु पनि, छैन पनि
यो बजारमा
सौन्दर्य बेचेर आफ्नो
आफू कुरूप बाँच्नुको पीडा
फूलहरूलाई थाहा छ छैन कुन्नि ?
तर यो प्रश्न
फूल जस्ता मान्छेहरूलाई नसोध्नु ।
शहरमा
धमाधम विक्री हुन थालेपछि
पलास्टिकका फूलहरू
मूल्य खोज्दै आफ्नो
जसरी पनि बजार पस्नु परेको हो
र जति मूल्यमा पनि विक्नु परेको हो
गाउँको सयपत्रीले
गमला भरीको माटो नै सही
चुपचाप उभिनु परेको हो त्यसैलाई फूलबारी ठानेर ।
धमाधम विक्री हुन थालेपछि
पलास्टिकका फूलहरू
मूल्य खोज्दै आफ्नो
जसरी पनि बजार पस्नु परेको हो
र जति मूल्यमा पनि विक्नु परेको हो
गाउँको सयपत्रीले
गमला भरीको माटो नै सही
चुपचाप उभिनु परेको हो त्यसैलाई फूलबारी ठानेर ।
गाउँको फूलको मूल्य गाऊँमै किन हुँदैन ?
किन विक्दैन फूल गाऊँमा ?
गाऊँमै बेच्छु भन्दा आफूलाई
किन बोटमै सुकेर मर्नु पर्छ सयौं फूलहरूले ?
किन रातारात बसाई सरिरहेछन् सहर
कोपिलामै फूलहरू ?
र किन फक्रिन नपाउँदै सयौं कोपिलाहरू
निर्मम निमोठिरहेछ यो शहर ??
किन विक्दैन फूल गाऊँमा ?
गाऊँमै बेच्छु भन्दा आफूलाई
किन बोटमै सुकेर मर्नु पर्छ सयौं फूलहरूले ?
किन रातारात बसाई सरिरहेछन् सहर
कोपिलामै फूलहरू ?
र किन फक्रिन नपाउँदै सयौं कोपिलाहरू
निर्मम निमोठिरहेछ यो शहर ??
र फेरि
के गल्ति गरें मैले ?
र किन मैलाई धारेहात लगाइरहेछ यो दुनियाँ ?
के गल्ति गरें मैले ?
र किन मैलाई धारेहात लगाइरहेछ यो दुनियाँ ?
No comments:
Post a Comment