Sunday, August 28, 2016

२२.गजल


यो गजल यो मनको म गाउन सक्दिन
अति छट्पट् छ मन समाउन सक्दिन

सुनौलो त्यो बदन आँसुमा भिज्यो रे
धेरै टाढा छ ज्यान म आउन सक्दिन

बग्यो जिन्दगी यो अनेकौ लहरमा
म आफ्नै पारामा बगाउन सक्दिन

सँधै रोई हिंडें, कराएँ बेस्सरी
के प्यार जिन्दगीमा म पाउन सक्दिन ?

समय भनौं कि, नियति भनौ कि
म दोष अरूलाई लगाउन सक्दिन 

No comments:

Post a Comment